सामान्य कम्जाेरीले स्वास्थ्यमा ठूलाे असर गर्छ : डा. ज्ञानु पाैडेल
हिमाली जिल्ला सोलुखुम्बुमा चिसोबढेसंगै मौसमी बिरामीको संख्या पनि बढेको छ । अस्तालमा जाने अधिकांश बिरामी चिसोबाट ग्रसित नै रहने गरेको चिकित्सक बताउँछन् ।
चिसोबाट बच्नको लागि आवश्यक सावधानी सम्बन्धि ज्ञान कम हुँदा या हेलचेक्¥याइका कारण बिरामी हुने गरेको चिकित्सकको भनाई छ । यसै विषयमा जिल्ला अस्पताल फाप्लुमा कार्यरत डा. ज्ञानु पौडेलसँग सोलु एफ.एम.कर्मी पवित्रा राईले गर्नुभएको कुराकानीको संपादित अंश ।
पछिल्लो समयमा जिल्ला अस्पताल फाप्लुमा कस्ता–कस्ता बिरामी आउन गरेका छन् ?
सोलुखुम्बुमा बढ्दो चिसोसँगै यहाँका मानिसहरु चिसोमा आफ्नो शरिरलाई न्यानो बनाउछु भन्दै झोलिलो तथा तातो पेयपदार्थको र नुन चियाप्रति बढी आकर्षित हुने भएकाले बढी मात्रामा उच्च रक्तचापका बिरामीहरु आउने गरेका छन् । त्यस्तै, बालबालिका तथा वृद्धवृद्धाहरुमा रुघाखोकी, दम, जोर्नी दुखाइ, छाला तथा अन्य प्रकारका बिरामीहरु पनि दैनिक जसो अस्पताल आउने गरेका छन् । यहाँका मानिसहरु चिसो भयो भन्दै नुहाउन डराउँछन् त्यसकारण लुतोको बिरामीहरु पनि उत्तिकै आईरहेका छन् ।
दैनिकरुपमा चिसोकै कारण बिरामी भएकाहरु चाहि के कति अस्पतालमा उपचारको लागि आउनेगरेका छन् ?
दिनमा ५० जना बिरामी उपचारमा आएभने त्यसमध्ये ४० जना बिरामीहरु चिसोकै समस्या लिएर आउने गर्दछन् ।
कति उमेर समूहका मानिसहरुलाई चिसोले बढी असर गरेको देखिन्छ ?
बालबालिका, वृद्धवृद्धाका साथै रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुका लागि यो मौसम निकै जोखिमपूर्ण रहेको छ । त्यसैले, वृद्धवृद्धाका साथै बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई हामी एक्दमै ख्याल राख्नुपर्दछ ।
चिसोबाट बच्न र आफ्नो स्वास्थ्यलाई पनि सन्तुनमा राख्नको लागि कस्तो खाना खानु उपयुक्त हुन्छ ?
चिसो मौसममा सन्तुलित खाना –अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्लो कम समावेश भएको खाना) खानु आवश्यक छ । यतिबेला चिसो धेरै हुने भएकाले तातो खानेकुरा खानुपर्छ । तातो खानेकुराले शरीरलाई आवश्यक तापक्रम प्रदान गर्दछ । मासु तथा तरकारीको तातो सुप, अमिला फलफूल जस्तैः सुन्तला, मौसमी भोगटे, भिटामिन ‘डी’ युक्त खाना दूध, दहीका साथै प्रोटिनयुक्त माछा, मासु, अण्डा, गेडागुडी, दाल, भटमास आदिका परिकार खानु उपयुक्त हुन्छ ।
उमेरअनुसार कस्ता–कस्ता खानपानमा ध्यान दिनुपर्छ ?
उमेरअनुसार शरिरलाई आवश्यक पौष्टिक तत्वको मात्रा फरक हुने भएकाले खानाको मात्रा फरक पर्छ । जुनसुकै उमेरकाले पनि तातो खाना खानु पर्दछ । यसले गर्दा शरिरमा आवश्यक तापक्रम प्राप्त हुन्छ । जाडो महिनामा चिसोले बढी नै सताउने भएकाले आफ्नो भोजनमा तातो तरकारीको सुप, मासुको सुप, गेडागुडीको सुप, तातो दूधका साथै फलफूलहरू समावेश गर्नु उपयुक्त हुन्छ । यसबाट शरीरमा रोगप्रतिरोधात्मक शक्ति प्राप्त हुन्छ ।
जाडोमा बढी खाना रुच्ने तथा तौल बढ्छ भनिन्छ खास कारण के होला ?
बाहिरी तापक्रम कम भएका कारणले शरीरको तापक्रम ठीक राख्न शक्तिको (क्यालोरी) खर्च बढी हुन्छ यसकारण आवश्यकता बढी भएअनुसार माग पनि बढी हुन्छ र खाना बढी खान मन लाग्छ । जाडोमा रगतमा पोषणको मात्रा पर्याप्त नहुँदा शरीरले चिसो महसुस गर्ने भएकाले भोक धेरै लाग्छ । यो मौसममा बस्ने–खाने काम बढी तथा शारीरिक व्यायाम कम हुन्छ । खानाको डोज बढाइए पनि व्यायाम नगर्दा भने तौल बढ्छ । जाडोमा खानाको मात्रा बढ्ने भएकाले दिनहुँ एक घन्टा व्यायाम गर्नुपर्दछ ।
अन्य समयको तुलनामा जाडो मौसममा बढी भोग लाग्नुको कारण चाहीँ के हो ?
गर्मीको तुलनामा जाडोमा बढी भोक लाग्छ । शरिरको रगतमा पोषणको मात्रा पर्याप्त हुँदा शरिरले तातो महसुस गर्छ । जाडो मौषममा चिसोका कारण शरीरको तापक्रम कम हुने भएकाले रगतमा पोषणको मात्रा पर्याप्त नहुँदा शरीरले चिसो महसुस गर्दछ । त्यसैले भोक धेरै लाग्छ र चिसोका कारण पानीको मात्रा कम हुने भएकाले खानाको मात्रा पनि बढ्छ ।
अन्त्यमा ?
चिसो मौषम त्यस माथि हिमाल नजिकको बस्ती, चिसोबाट बच्नका लागि कुनै न कुनै उपाय त गर्नै पर्यो । तर चिसोबाट बच्नका लागि नियमित रुपमा शरीरलाई आवश्यक्ता भन्दा बढी पेय तथा ठोस पदार्थ सेवनले नकरात्मक असर पु¥याउँदछ । चिसोमा लाग्ने विभिन्न रोग दैनिक कार्यशैली र खानपानबाट नै हुने भएकाले यस तर्फ पनि ध्यान दिन सम्बन्धित सबैलाई आग्रह छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा







