माप्य दुधकोशीका २ आगलागीबाट १ करोड बढिको क्षति
सोलुुखुम्बु : माप्य दुधकोशीका २ आगलागीबाट १ करोड १० लाख बराबरको क्षति भएको छ । माप्यदुधकोशी गाउँपालिका–४ खास्तामा ट्रान्समिटर सर्ट भई आगलागी हुँदा करिब ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने तीनवटा पसलमा समेत क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मंसिर ७ गते राति करिब ११ः३० बजे ट्रान्समिटर सर्ट भएर आगलागी भएको थियो । आगो फैलिँदा ट्रान्समिटर नजिकै रहेको टंकबहादुर राईको माटो, ढुङ्गा र टिनले बनेको दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट हर्कजित राईको होटल, सन्देश राईको कम्प्युटर तथा मोबाइल पसल र खाली अवस्थामा रहेको पिटर सुन्दासको जुत्ता–चप्पल पसलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बासाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा राति करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । यस्तै माप्य दुधकोशी गाउँपालिका ५ का बिक्रम तामाङको घरमा भएको आगलागीबाट २० लाख बराबरको क्षति भएको छ ।
ताजा खबर
सबै- रामेछाप हुँदै सगरमाथा आधारशिविर जोड्ने सडक निर्माणका लागि ५ अर्ब बजेट सुनिश्चित
- माप्य दुधकोशीका २ आगलागीबाट १ करोड बढिको क्षति
- राष्ट्रिय उद्योग दिवसको अवसरमा सोलुखुम्बुका ८ जना उत्कृष्ट उद्यमी सम्मानित
- सोलुखुम्बुमा विद्युत सर्ट हुदा एक घर जलेर नष्ट
- सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योगको शिलान्यास






