सोमबार, ८ मङ्सिर, २०८३ (1795371300)
सोमबार मङ्सिर ८, २०८३

 सोलुखुम्बुका २  पालिका भूमिहीन समस्यामुक्त घोषणा,जिल्लालाई नै समस्यामुक्त घोषणा गर्ने लक्ष्य 

 सोलुखुम्बुः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  सोलुखुम्बुका २  पालिकालाई  भूमिहिन समस्यामुक्त पालिका घोषणा गरेको छ । मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधन समितिले सूचना जारी गरी  जिल्लाका २ पालिका समस्यामुक्त पालिका घोषणा गरेको जानकारी दिएको हो।   मन्त्रालयका अनुसार भूमिहिन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि यो समिति तथा यसअघि गठन भएका समिति÷कार्यदल÷आयोग र सम्बन्धित स्थानीय तहबीच भएको कार्यगत सम्झौता बमोजिम निवेदन लिई व्यवस्थापन गर्ने सिलसिलामा पाँच पालिकामा सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या नरहेको भनी पालिका र सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिबाट लेखी आएकोले ती पालिका समस्यामुक्त पालिका घोषणा गरिएको हो। सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिका र महाकुलुङ गाउँपालिकालाई  भूमिहिन समस्यामुक्त पालिका घोषणा गरिएको छ । ‘

जिल्लालाई नै भूमिहीन समस्या मुक्त घोषणा गर्ने लक्ष्य छ’ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पहिले स्थानीय तहलाई भूमिहीन समस्या मुक्त बनाउने र त्यसपछि क्रमशः जिल्लालाई नै भूमिहीन समस्या मुक्त घोषणा गर्ने लक्ष्य रहेको बताउनुभयो ।  उहाँका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अब प्रत्येक स्थानीय तह र जिल्लाको प्रगतिलाई छुट्टाछुट्टै अनुगमन र मूल्याङ्कन गरिनेछ । यस अभियानलाई सफल बनाउन सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि तथा नेतृत्व र जिल्ला नेतृत्वलाई आफ्नो स्थानीय तह तथा जिल्लालाई भूमिहीन समस्या मुक्त बनाउने अभियानमा सक्रियतापूर्वक अघि बढ्न अनुरोध गर्नुभयो ।