खुम्बुका सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, नागरिक र प्रशासनबीचको सम्बन्ध आत्मीय हुनुपर्नेमा जोड
सोलुखुम्बु : सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर सोलुखुम्बुको आयोजनामा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर सोलुखुम्बुबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पाण्डेयको कमाण्डमा खटिई गएको ४ जनाको टोलीले खुम्बुपासाङ ल्हामु गाउँपालिका–४, खुम्जुङस्थित खुन्दे अस्पतालको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा स्थानीय नागरिक, सरोकारवाला निकाय तथा सुरक्षा निकायका प्रतिनिधिहरूबीच सीमावर्ती क्षेत्रको सुरक्षा, स्थानीय समस्याहरू, शान्ति सुरक्षा कायम गर्ने उपाय, सुरक्षा निकाय र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सम्भावित विपद् चुनौती र रोकथाम सम्बन्धी अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी थापा मगरले नागरिक र प्रशासनबीचको सम्बन्ध नजिक र आत्मीय हुनुपर्ने बताउनु भएको हो। उहाँले प्रशासन नागरिकको सेवाका लागि रहेको उल्लेख गर्दै नागरिकका समस्या, गुनासा र अपेक्षालाई बुझ्न प्रशासन तथा सुरक्षा निकायले नागरिकसँग प्रत्यक्ष संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो। नागरिक र प्रशासनबीचको दूरी घटाउन सके मात्र सुशासन, शान्ति सुरक्षा र प्रभावकारी सेवा प्रवाहमा सकारात्मक परिणाम हासिल गर्न सकिने उहाँको भनाइ थियो
कार्यक्रमको मुख्य उद्देश्य सीमावर्ती तथा दुर्गम क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद र सहकार्य अभिवृद्धि गर्दै स्थानीयस्तरमा देखिने सुरक्षा चुनौतीहरूको पहिचान तथा समाधानमा सहजीकरण गर्नु रहेको छ । साथै, सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन अवस्थामा उद्धार तथा राहत कार्यमा समन्वय र स्थानीय नागरिकमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने विषयलाई समेत प्राथमिकता दिइएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर सोलुखुम्बुका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पाण्डेयले सशस्त्र प्रहरी बल, नेपालले नागरिकको सुरक्षा, विपद् व्यवस्थापन तथा आपत्कालीन अवस्थामा खोज, उद्धार र राहत कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिनु भएको थियो।
उहाँका अनुसार सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन देशका १६ स्थानमा डिजास्टर रेस्पोन्स टिम स्थापना गरिसकेको र विपद्को समयमा तत्काल परिचालित भई नागरिकको जीवन रक्षा तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन यस्ता टोली महत्त्वपूर्ण हुने उहाँले बताउनु भएको थियो।
अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाले आफ्नो क्षेत्रका सुरक्षा चुनौती, दैनिक जीवनमा भोग्नुपरेका समस्या तथा सुरक्षा निकायबाट अपेक्षा गरिएका सहयोग र सहकार्यका विषयहरू राख्ने अवसर प्राप्त गरेका थिए। यस किसिमका कार्यक्रमले स्थानीय नागरिकका गुनासो, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले विशेषगरी भौगोलिक रूपमा विकट तथा पर्यटकीय महत्त्व बोकेको खुम्बु क्षेत्रमा सुरक्षा चुनौतीको पहिचान, स्थानीय नागरिकको सहभागिता र विपद्को समयमा प्रभावकारी समन्वय कायम गर्ने, राज्यको सुरक्षा उपस्थिति र नागरिकबीचको सम्बन्धलाई थप आत्मीय, विश्वासिलो र प्रभावकारी बनाउन सहयोग पुग्ने विषयमा अन्तरक्रियाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
ताजा खबर
सबै- गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण
- खुम्बुका सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, नागरिक र प्रशासनबीचको सम्बन्ध आत्मीय हुनुपर्नेमा जोड
- दशौँ राष्ट्रिय खेलकुदको कोशी प्रदेश छनोटमा उसुतर्फ सोलुखुम्बुलाई दुई स्वर्णसहित पाँच पदक
- सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकीय भवनको मंसिर २५ गते उद्धघाटन
- माप्यमा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ३३ हजार पाउने

2026-10-30-05-25-10.jpeg)





