सोलुखुम्बुमा लैँगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु
सोलुखुम्बु : सोलुखुम्बुमा लैँगिक हिंसा विरुद्वको १६ दिने अभियान आज देखी सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिका, महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बु तथा अन्तर पार्टी महिला सञ्जाल सोलुखुम्बुको आयोजनामा लैँगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको हो । महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधान गर्ने १६ दिने अभियानको मुख्य उदेश्य रहेको सोलुदुधकुण्ड नगरपालिकाका महिला विकास निरिक्षक रीता ढुगांनाले बताउनुभयो ।
‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नाराका साथ १६ दिनसम्म सञ्चालन हुने उक्त अभियानको सुरुवात सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले गर्नुभएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि अभियान संचालन गरिन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ थापा मगरले १६ दिने अभियानलाई अभियान र नारामा मात्र सिमित नभएर नागरिकको घरदैलो तथा टोलटोलमा पुगेर यो अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
यो अभियान अत्यन्तै महत्वपुर्ण रहेकाले दुरदराजमा रहेका महिलाहरुको अवस्था जानकारी लिनका साथै समस्याको समाधान गर्न पर्ने उहाँको भनाई छ । त्यस्तै सोलु दुधकुण्ड नगरपालिका उपमेयर गान्धीमाया तामाङले हरेक क्षेत्रमा महिला हिंसा मात्र नभई पुरुषहरु समेत हिंसामा पर्ने गरेको बताउनुभयो । त्यस्तै महिलाहरु आर्थिक हिसाबले कमजोर भएकाले पुरुषमा निर्भर रहने भएकाले महिला हिंसा बढी हुने गरेको उहाँको भनाई छ । यस कारण स्थानिय सरकारले महिलालाई सिपमुलक तालिमहरु दिन आग्रह गर्नुभयो । लैँगिक हिंसा विरुद्वको १६ दिने अभियानमा नगरपालिकाका वडाहरुमा विश्व एड्स दिवस विद्यालयमा, अन्तराष्टिय अपाङ्ग दिवस लगायतका कार्याक्रमहरु सञ्चालन गरिने सोलुदुधकुण्ड नगरपालिकाका महिला विकास निरिक्षक रीता ढुगांनाको भनाई छ ।
ताजा खबर
सबै- राष्ट्रिय उद्योग दिवसको अवसरमा सोलुखुम्बुका ८ जना उत्कृष्ट उद्यमी सम्मानित
- सोलुखुम्बुमा विद्युत सर्ट हुदा एक घर जलेर नष्ट
- सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योगको शिलान्यास
- सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम, ११ वर्षमा ५ वटा दुर्घटना
- सोलुखुम्बुमा एक युवकको हत्या: संलग्न ४ जना पक्राउ, ५ दिनको म्याद थप






