सगरमाथा आधार शिविरमा एक जोडीको विवाह
सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (एभरेस्ट बेस क्याम्प) मा एक विदेशी जोडी विवाह बन्धनमा बाधिएका छन । समुद्री सतहदेखि करिब ५ हजार ३ सय ६४ मिटरको उचाइमा अवस्थित आधार शिविरमा क्याटिना लेम्पेसिस सागानोस र जोसेफ डान्योले एकअर्कासँग विवाह गरेका हुन ।
विश्वकै प्रसिद्ध तथा साहसिक हिमाली गन्तव्यमा आयोजित यस मनमोहक र अनौठो विवाहले प्रेम र साहसलाई एकैसाथ जोडेको छ । हिउँले ढपक्क ढाकिएको मनोरम हिमशृङ्खलाको पृष्ठभूमिमा सम्पन्न भएको यो विवाह समारोह सामान्य वैवाहिक कार्यक्रमभन्दा निकै पृथक र स्मरणीय बनेको छ । उक्त जोडीको विवाहका तस्बिर तथा विवरणहरू सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत यस्ता रचनात्मक तथा साहसिक वैवाहिक गतिविधिहरूले सकारात्मक सन्देश प्रवाह गर्ने र नेपाललाई ’एडभेन्चर वेडिङ डेस्टिनेसन’ का रूपमा चिनाउन मद्दत पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ ।
ताजा खबर
सबै- सगरमाथा आधार शिविरमा एक जोडीको विवाह
- ३९ वर्ष लामो राजनैतिक यात्रामा सुर्यकुमारीको ब्रेक,रास्वपा प्रवेश
- कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- अउदाउँदो सूर्यलाई अघ्र्य दिएर यस वर्षको छठव्रत समापन
- सोलुखुम्बुमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ







