सोमबार मङ्सिर १, २०८३
अउदाउँदो सूर्यलाई अघ्र्य दिएर यस वर्षको छठव्रत समापन
छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ । हिजो आइतवार बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि रातभर जागा बसेका ब्रतालुहरुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि ब्रत पूरा भएको छ ।
छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो छ । छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ । यस वर्ष सरकारले छठ पर्व व्रतको समापनका अबसरमा आज पनि सार्वजनिक विदा दिएको छ । अघिल्ला वर्षहरुमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिने दिन अर्थात कात्तिक शुक्ल षष्ठीका दिन सार्वजनिक विदा दिदै आएकोमा यो वर्ष षष्टी र सप्तमी दुबै दिन बिदा दिएको हो ।
ताजा खबर
सबै- कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- अउदाउँदो सूर्यलाई अघ्र्य दिएर यस वर्षको छठव्रत समापन
- सोलुखुम्बुमा ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
- सोलुखुम्बुमा मुक्तिनाथ साहित्य सम्मान, आशु कविता प्रतियोगिता र शैक्षिक छात्रवृत्ति वितरण हुँदै
- सोलुखुम्बुमा रूखबाट लडेर गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा निधन






