सोमबार, १ मङ्सिर, २०८३ (1794766500)
सोमबार मङ्सिर १, २०८३

कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

 हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश लगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतयता सफा रहेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ  महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ । कोशी तथा गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।