नेकपा एमाले सोलुखुम्बुको ‘मिसन पार्टी जागरण अभियान’ माप्य दुधकोशीबाट सुरु
सोलुखुम्बु: नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीले पार्टी सङ्गठनलाई सक्रिय बनाउने तथा पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित आजबाट जिल्लाका स्थानीय तहहरुमा‘मिसन पार्टी जागरण अभियान’ सम्बन्धी कार्यशाला सञ्चालन सुरु गरेको छ ।
नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले दिएको जानकारी अनुसार जिल्लाका पाँच स्थानीय तहमा कार्यशाला सञ्चालन गर्न लागिएको हो।कार्यशाला सञ्चालन गरिने स्थानीय तहमा माप्यदूधकोशी, सोताङ, महाकुलुङ, सोलुदूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका रहेको छ । निर्धारित कार्यक्रमअनुसार आज माप्यदूधकोशी गाउँपालिकाबाट सुरु भएको हो । सोताङ गाउँपालिकामा कात्तिक १२ गते बिहीबार, महाकुलुङ गाउँपालिकामा कात्तिक १३ गते शुक्रबार, सोलुदूधकुण्ड नगरपालिकामा कात्तिक १५ गते आइतबार र लिखुपिके गाउँपालिकामा कात्तिक १७ गते मंगलबार कार्यशाला सञ्चालन हुने छ ।
ताजा खबर
सबै- सगरमाथा क्षेत्रमा हिमपात सुरु, तल्लो क्षेत्रमा वर्षा, सवाधानी अपनाउन प्रशासनको अपिल
- सोलुखुम्बुमा ६ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
- कालिका देवी माध्यमिक विद्यालयमा शिक्षक तथा कर्मचारीद्वारा श्रमदान
- नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
- सोलुदुधकुण्डले गर्यो भोटेकोशी बाढीमा बेपताको सुचि सार्वजनिक, दावी विरोध पेश गर्न आग्रह
2026-10-16-05-32-28.jpeg)
2026-10-16-10-07-13.jpeg)





