आइतबार, ३० कार्तिक, २०८३ (1794593700)
शनिबार कार्तिक २९, २०८३

आज हल्का वर्षा, भोलि केही ठाउँमा असिनासहित मध्यम वर्षाको सम्भावना

 आज हिमाली तथा पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली भेगको एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराईमा मौसम मुख्यतया सफा रहे पनि अरु ठाउँमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि धेरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगको एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि धेरै ठाउँमा पानी पर्ने भएकाले धान तथा पराल बेलैमा थन्क्याउन मौसमविदको सुझाव छ ।