मंगलबार, २५ कार्तिक, २०८३ (1794248100)
मंगलबार कार्तिक २५, २०८३

माप्य दुधकोशीको सामुदायिक वनमा भीषण आगलागी 

सोलुखुम्बुः सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–४, घुम्नेमेरास्थित हर्तलुङ तुम्देन सामुदायिक वनमा भीषण आगलागी भएको छ सोमबार दिउँसो अन्दाजी १ः०० बजेको समयमा उक्त सामुदायिक वनमा अचानक डढेलो सल्किएको हो।
वनमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरीको टोली तत्काल घटनास्थलतर्फ प्रस्थान गरेको थियो। अहिले प्रहरीको टोलीले स्थानीय बासिन्दा र वन उपभोक्ता समूहको समन्वयमा आगलागी नियन्त्रणमा लिने कार्य गरिरहेको छ ।
सुख्खा मौसम र हावा चलिरहेका कारण पर्याप्त पानीको अभावमा आगो नियन्त्रणमा लिन केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट वन क्षेत्रमा भएको क्षतिको यकिन विवरण र आगलागी हुनुको कारण भने अझै खुल्न सकेको छैन। आगलागीलाई बस्तीतर्फ बढ्न नदिन सुरक्षाकर्मी र स्थानीयवासीले भगिरथ प्रयास गरिरहेका छन्।