शनिबार, २९ कार्तिक, २०८३ (1794507300)
शुक्रबार कार्तिक २८, २०८३

लिखुपिकेका तीन विद्यालयका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

सोलुखुम्बु :    लायन्स क्लब अफ काठमाडौँ ग्रीन भ्यालीको आयोजनामा सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ का तीनवटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ । चिसो मौसम बढेसँगै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा र पठनपाठनमा सहजता ल्याउने उद्देश्यले वडा नम्बर ५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय, छिम्बु आधारभूत विद्यालय र सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडा प्रदान गरिएको हो।
    विद्यार्थीहरूको सहजता र शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने लक्ष्यका साथ यो मानवीय तथा सामाजिक सेवामूलक कार्य गरिएको आयोजकले जनाएको छ। न्यानो ज्याकेट प्राप्त गरेपछि विद्यार्थीहरूमा खुसी र उत्साह थपिएको छ भने स्थानीय अभिभावक र विद्यालय प्रशासनले क्लबको यस प्रशंसनीय कार्यप्रति आभार व्यक्त गरेका छन्।