बिहीबार, २७ कार्तिक, २०८३ (1794420900)
बिहीबार कार्तिक २७, २०८३

सोलुखुम्बुमा नेपाल टेलिकमको फाइबर इन्टरनेट २ दिनदेखि अवरुद्ध  

 सोलुखुम्बु :  सरकारी स्वामित्वको नेपाल टेलिकमको इन्टरनेट सेवामा बुधबार दिउँसोदेखि समस्या देखिएको छ । टेलिकमको इन्टरनेटमा समस्या आएपछि सोलुखुम्बुका सेवाग्राही प्रभावित भएका हुन् ।  बुधबार दिउँसोदेखि फाइबर इन्टरनेट नचलेको र फोन सम्पर्कमा समेत समस्या आएको भन्दै प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

   यस्तै नेपाल टेलिकमको  फाइबर इन्टरनेटमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका हुन । बुधबार परेको चट्याङका कारण सोलु दुधकुण्ड नगरपालिका ११ तिङला क्षेत्रमा फाइबर ब्रेक भई इन्टरनेट अवरुद्ध भएको नेपाल टेलिकम सोलुखुम्बुले जनाएको छ ।  आज दिउसोसम्म सेवा सुचारु गरेको बताएको भएपनि अहिलेसम्म सेवा सुचारु भएको छैन ।  यसबारे बुझ्न नेपाल टेलिकमका प्रमुखको  फोन ’स्विच्ड अफ’ रहेको छ । समस्याको कारण र सेवा कहिलेसम्म नियमित हुन्छ भन्नेबारे टेलिकमले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।