सोलुखुम्बु : यस बर्षको दशैँ तिहार शान्तिपूर्ण वातावरणमा सम्पन्न
सोलुखुम्बु ः सोलुखुम्बुमा यस बर्षको दशैँ तथा तिहार शान्तिपूर्ण वातारणमा सम्पन्न भएको छ । जिल्लामा यस बर्षको दशैँ, तिहारमा कुनै पनि किसीमका अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीको सक्रियता बढेसँगै जिल्लामा सौहार्दपूर्ण ढंगबाट चाडपर्व सकिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक नवीन राजा बुढाथोकीले जानकारी दिनुभयो । साँझको समयमा आफै पनि सुरक्षा साथै निगरानीमा खटिएको वहाँको भनाई छ ।
प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थापनलाई ख्याल गर्दै विशेष सुरक्षा योजनाका साथ अघि बढेकाले चोरी, डकैती, लुटपाट तथा अन्य अपराधिक घटनाहरु हुन नपाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधिलाई लक्षित गर्दै सल्लेरी तथा पत्ताले बजार क्षेत्रलाई सिसि क्यामेराबाट निगरानी गरिएको थियो भने विभिन्न नाकाहरुमा प्रहरी र सशस्त्र प्रहरीको फोर्स परिचालन गरिएकोे शसस्त्र प्रहरीले जनाएको छ । जनपथ प्रहरीलाई सहयोगका लागि आफुहरु २४ घण्टा प्रशासनको समन्वयमा सक्रिय रहेकोे सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले जिल्लाको मुख्य नाका पत्ताले तथा अन्य विभिन्न स्थानहरुमा आफ्नो फोर्सलाई परिचालन गरेको थियो ।
ताजा खबर
सबै- सोलुखुम्बुमा नेपाल टेलिकमको फाइबर इन्टरनेट २ दिनदेखि अवरुद्ध
- सोलुखुम्बु : यस बर्षको दशैँ तिहार शान्तिपूर्ण वातावरणमा सम्पन्न
- सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो
- आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
- सगरमाथाको प्रवेशद्धार लुक्ला पर्यटकले भरिभराउ, दैनिक २ सयसम्म उडान






