छठ अन्तर्गत ‘उदाउँदो सूर्यलाई अघ्र्य दिने’ दिन पनि सार्वजनिक बिदा
नेपाल सरकारले छठ पर्व अन्तर्गत उदाउँदो सूर्यलाई अघ्र्य दिने दिन अर्थात् सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले थाहाखबरलाई जानकारी दिए।
यसअघि सरकारले छठ पर्वको मुख्य दिन षष्ठी तिथिमा मात्र सार्वजनिक बिदा दिँदै आएको थियो। त्यसैअनुरूप यो वर्ष कात्तिक २९ गते आइतबार बिदा थियो। छठ पर्वको महत्त्वपूर्ण दिन मानिने सप्तमीमा पनि बिदा दिनुपर्ने माग मिथिलाञ्चलवासीले वर्षौँदेखि उठाउँदै आएका थिए। मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रहेकाले भोलिपल्ट पनि सार्वजनिक बिदा दिएको उल्लेख छ।मन्त्रालयको यो निर्णयसँगै छठका लागि दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
ताजा खबर
सबै- लिखुपिकेका तीन विद्यालयका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण
- पश्चिमी वायु सक्रिय हुँदै, आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
- छठ अन्तर्गत ‘उदाउँदो सूर्यलाई अघ्र्य दिने’ दिन पनि सार्वजनिक बिदा
- सोलुखुम्बुमा नेपाल टेलिकमको फाइबर इन्टरनेट २ दिनदेखि अवरुद्ध
- सोलुखुम्बु : यस बर्षको दशैँ तिहार शान्तिपूर्ण वातावरणमा सम्पन्न






