शनिबार, २२ कार्तिक, २०८३ (1793988900)
शनिबार कार्तिक २२, २०८३

सल्लेरीमा सम्पन्न फुटसलको उपाधि नयाँ बजार युथ क्लबलाई

   सोलुखुम्बु  : नयाँ बजार युथ क्लबको आयोजनामा सम्पन्न भएको फाइभ ए ताइजको फुटसल प्रतियोगिताको उपाधि आयोजक सि टिमले हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजकले एक्स्ट्रा इलेक्ट्रोनिक्स लाई  पेनाल्टीमा ३ का विरुद्ध ४  गोलले हराउँदै उपाधि हात पारेको हो । आयोजकले दुबै गोल पहिलो हाफमा गरेको हो । प्रतियोगितामा पहिलो हुने नयाँ बजार युथ क्लबले ६० हजार रुपैयाँ हात पारेका छ भने उप विजेता हुने एक्स्ट्रा इलेक्ट्रोनिक्स टिमले ३० हजार रुपैयाँ हात पारेको छ ।

प्रतियोगिताका धेरै गोल गर्ने खेलाडी, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई ट्रफी प्रदान गरिएको छ । प्रतियोगिताका विजेता र उप विजेता टिमलाई एक समारोहका बिच पुरस्कार बितरण गरिएको थियो ।   नयाँ बजार युथ क्लबका अध्यक्ष मोहन कटवालको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा रहेका थिए । प्रतियोगिता यही कार्तिक १९ गते देखी जन जागृती माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको थियो ।