शुक्रबार, २१ कार्तिक, २०८३ (1793902500)
शुक्रबार कार्तिक २१, २०८३

सोलुखुम्बुमा मतदाता नामवली सार्वजनिक, कुन स्थानीय तहमा कति ? 

 सोलुखुम्बु :  सोलुखुम्बु जिल्लामा २०८३ साल भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताहरूको स्थानीय तहगत संख्यात्मक विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरण अनुसार जिल्लाका ८ वटा स्थानीय तहहरूमा मतदाता र मतदान स्थलको संख्या वर्गीकरण गरिएको छ  जिल्लामा सबैभन्दा बढी मतदाता सोलुदुधकुण्ड नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम मतदाता लिखुपिके गाउँपालिकामा रहेका छन्। सोलुदुधकुण्ड नगरपालिकामा पुरुष १० हजार ५ सय ४१ र महिला १० हजार ५२ गरी जम्मा २० हजार ५ सय ९३ मतदाता रहेका छन्। यहाँ २९ वटा मतदान स्थल तोकिएका छन्।
यस्तै, थुलुङ दुधकोशी गाउँपालिकामा पुरुष ८ हजार ४ सय ७४ र महिला ७ हजार ६ सय ८७ गरी जम्मा १६ हजार १ सय ६१ मतदाता रहेका छन्। यहाँ २३ वटा मतदान स्थल रहेका छन्। माप्य दुधकोशी गाउँपालिकामा पुरुष ५ हजार ७ सय ६८ र महिला ५ हजार १ सय ६९ गरी जम्मा १० हजार ९ सय ३७ मतदाता रहेका छन्। यहाँ १५ वटा मतदान स्थल छन्। नेचासल्यान गाउँपालिकामा  पुरुष ५ हजार ६ सय ४ र महिला ५ हजार २ सय ९९ गरी जम्मा १० हजार ९ सय ३३ मतदाता रहेका छन्। यहाँ १५ वटा मतदान स्थल तोकिएका छन्।
महाकुलुङ गाउँपालिकामा पुरुष ४ हजार ४ सय ६० र महिला ३ हजार ८ सय ५४ गरी जम्मा ८ हजार ३ सय १४ मतदाता रहेका छन्। यहाँ ११ वटा मतदान स्थल छन्। सोताङ गाउँपालिकामा  पुरुष ३ हजार ८ सय ७० र महिला ३ हजार ३ सय ९१ गरी जम्मा ७ हजार २ सय ६१ मतदाता रहेका छन्। यहाँ १२ वटा मतदान स्थल रहेका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिकामा पुरुष ३ हजार ५६ र महिला ३ हजार ४६ गरी जम्मा ६ हजार १ सय २ मतदाता रहेका छन्। यहाँ ११ वटा मतदान स्थल तोकिएका छन्। लिखुपिके गाउँपालिकामा  पुरुष २ हजार ८ सय १४ र महिला २ हजार ४ सय ८४ गरी जम्मा ५ हजार २ सय ९८ मतदाता रहेका छन्। यहाँ जिल्लामै सबैभन्दा कम अर्थात् ७ वटा मतदान स्थल रहेका छन्। सार्वजनिक गरिएको यस तथ्याङ्कमा सम्पूर्ण ८ वटै स्थानीय तहमा ’अन्य’ विधाका मतदाताको संख्या शून्य रहेको छ । यो विवरण सार्वजनिक भएसँगै जिल्लामा आगामी निर्वाचनका लागि राजनीतिक दल र निर्वाचन कार्यालयलाई तयारी एवं व्यवस्थापन गर्न सहज हुने देखिएको छ ।