बुधबार कार्तिक १९, २०८३
हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन
मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार फेरिचेमा एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए । घटनामा एक जनाको मृत्यु भएको थियो । दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।
प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई दुर्घटनाको कारण तथा कारक तत्त्व अध्ययन, विश्लेषण गरी भविष्यमा यस्ता दुर्घटना पुनरावृत्ति रोक्न आवश्यक सुझाव सहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
ताजा खबर
सबै- नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी
- हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन
- सोलुखुम्बुमा ५ हजार १ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी
- आईजीपीबाट हटाइए दानबहादुर कार्की, मनोज केसीलाई दिइयो जिम्मेवारी
- खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मूकदर्शक







