मंगलबार, २५ कार्तिक, २०८३ (1794248100)
मंगलबार कार्तिक २५, २०८३

सल्लेरीमा भाईमसलाको व्यापारमा कमी,मूल्य करिब ३० प्रतिशतले वृद्धि

सोलुखुम्बु  :  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा यस बर्ष भाई मसलाको बिक्रीमा कमी आएको ब्यापारीहरुले बताएका छन् । तिहारको समयमा सल्लेरी क्षेत्रका पसलहरुबाट अत्याधिक बिक्री हुने भाई मसला यस बर्ष नगन्य मात्रामा बिक्री भएको उनीहरुको भनाई छ । अघिल्लो बर्ष अपेक्षा गरेभन्दा बढी बिक्री भएपनि यस बर्ष न्यून मात्रामा बिक्री हुँदा स्टक रहने सम्भावना रहेकोे सल्लेरी नयाँ बजारका ब्यापारी मिन कुमार श्रेष्ठले बताउनुभयो । 

गाउँ÷गाउँमा सडक सञ्जाल पुगेसँगै पसलहरु खुल्ने क्रम बढेकाले बजार क्षेत्रका पसहलहरुबाट बिक्री कम भएको हुन सक्ने अर्का ब्यापारी बिष्णु कुमार श्रेष्ठको भनाई छ । विगतका बर्षहरुमा तिहार आउन केहि हप्ता अघि देखि नै पसलहरुमा तिहार लक्षित किनमेल गर्नेहरुको भिड लाग्ने पसलहरुमा समेत यस बर्ष तिहारजन्य सामाग्रीहरु बिक्री घटेको ब्यापरीहरुले बताएका छन् । 
गाउँ घरमै सबै सामाग्रीहरु उपलब्ध हुन थालेसँगै सदरमुकाम सम्म किनमेलका लागि आउने मानिसहरु समेत कम हुँदै गएको सल्लेरीका नुरु शेर्पाको भनाई छ । तर क्रेताहरुले भने यस बर्ष भाई मसलाको मुल्य महँगो भएको प्रतिकृया दिएका छन् । अघिल्लो बर्ष एक सय रुपैयाँमा खरिद गरेको मसलाको प्याकेटको यस बर्ष १५० रुपैँया पुगेको क्रेता सरिता लामिछानेको भनाई छ ।  भाई मसलामा प्रयोग हुने  पेस्ता, काजु, बदाम, किसमिस, ओखर, नरिवल लगायतका खानेकुराहरुको मुल्य बढेकाले अघिल्लो बर्ष भन्दा स्वभाविक रुपले केहि महँगो भएको ब्यापारीहरुले बताएका छन् । 

वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन्। बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ । त्यसैगरी, प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ ।