सोलुखुम्बु झिलिमिली बत्तीको व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा झिलिमिली बत्तीको व्यापार कम भएको व्यवसायीले बताएका छन् । देशमा आर्थिक मन्दी आउनुका साथै सदरमुकाममा मानिसहरुको भिडभाड कम हुनु लगायतका कारण व्यापारमा कमी भएको व्यवसायीहरुको भनाई छ । यो वर्ष तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि सल्लेरी बजारमा विगतजस्तो तामझाम भने देखिएको छैन् । तिहार भन्ने बित्तिकै सम्झना आउने भनेको झिलिमिलीको बत्ती हो । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता मानिन्छ
तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्ने गर्दछन् । लामो समयदेखि सल्लेरीमा ईलेक्ट्रोनिक सामाग्रीहरुको व्यापार व्यवसाय गर्दै आउनुभएका अजय पञ्जियार नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिए पनि यस बर्ष झिलिमिली बत्तीको व्यापार कम भएको बताउनुभयो । पञ्जियारले गत बर्ष २ देखि ३ लाख सम्मको झिलिमिली बत्ति बिक्रि गरेको तर यस बर्ष अहिले सम्म न्युन मात्रामा झिलिमिलिका बत्ति बिक्रि भएको उहाँको भनाई छ । मानिसहरुमा विगतको जस्तो उत्साह नदेखिँदा झिलिमिलि बत्तिको व्यापार खस्केको पियुस मोबाइल रिपेरिङ एन्ड इलेक्ट्रोनिक सेन्टरका संचालक कल्पना शाहले बताउनुभयो ।
ताजा खबर
सबै- १८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा
- देउसी–भैलो खेल्ने समयसीमा नतोक्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन
- सोलुदुधकुण्ड नगरपालिकाको निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
- सोलुखुम्बु झिलिमिली बत्तीको व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ






