आउँदो मंगलबारदेखि पानी पर्ने सम्भावना तर त्रसित हुन नपर्ने मौसमविद्को भनाइ
आउँदो मंगबारदेखि देशका केही भागमा पानी पर्न सक्ने सम्भावना छ । पानी पर्ने भए पनि त्रसित हुन नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा अहिले वर्षाबारे त्रसित हुने गरी हल्ला फैलिएका तर केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिनुभएको छ ।
१० गते मंगलबारदेखि वर्षा हुन सक्ने भए पनि कुन ठाउँमा कति र कहिलेसम्म वर्षा हुन सक्छ भन्ने अहिलेसम्म यकिन भई नसकेको महाशाखाले जनाएको छ । महाशाखाले छिट्टै यसबारे आधिकारिक सूचना र विश्लेषण दिने जानकारी दिएको छ । पानी पर्न सक्ने क्षेत्रका किसानलाई विशेष गरी मुख्यबाली धान भित्र्याउन त्यसैअनुसार पूर्व तयारी र सावधानी अपनाउन सूचित गरिने भएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । देशका अन्य हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने र तराईमा भने आजको मौसम सफा रहने अनुमान छ ।
ताजा खबर
सबै- मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै
- आउँदो मंगलबारदेखि पानी पर्ने सम्भावना तर त्रसित हुन नपर्ने मौसमविद्को भनाइ
- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,सोलुखुम्बुद्वारा साढे ३५ लाख बढीको खाद्यान्न बिक्री
- सोलुखुम्बुमा पाँच वर्षमा भालुको आक्रमणबाट दुईको मृ,त्यु , १७ जना घाइते
- सगरमाथा क्षेत्रमा पर्यटकले भरिभराउ, पर्यटकको स्वागतमा व्यस्त व्यवसायी
2026-10-23-07-27-29.jpeg)





