बिहीबार, ६ कार्तिक, २०८३ (1792606500)
बिहीबार कार्तिक ६, २०८३

दशैँ मनाउन गाउँ गएकाहरु फर्किएसँगै सल्लेरी बजारमा चहलपहल बाक्लियो

सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजारमा बिहिबारबाट चहलपहल बाक्लिएको छ । दशैँ मनाउन गाउँ गएकाहरु कार्यक्षेत्र फर्किने क्रम बढेसँगै सल्लेरीमा चहलपहल बाक्लिएको हो । अध्यायन, व्यवसाय तथा कार्यालयमा काम गर्न सदरमुकाम बसेकाहरु दशैँ मनाउन गाउँ गएकाले केहि दिन देखि सल्लेरी, फाप्लु तथा नयाँ बजार क्षेत्र प्रया सुनसान बनेको थियो । 
मानिसहरु दशैँ मनाएर कर्मथलो फर्किएसँँगै केहि दिन देखि बन्द भएका होटल तथा पसलहरु समेत क्रमश खुल्न थालेका छन् । साथै सार्वजनिक तथा निजि सवारी साधनहरु समेत सञ्चालन हुने क्रम बढेकाले बजार क्षेत्रमा चहलपहल बाक्लिएको स्थानीयले बताएका छन् ।