आइतबार, ९ कार्तिक, २०८३ (1792865700)
आइतबार कार्तिक ९, २०८३

सोलुखुम्बुका सबै स्थानीय तह र सरकारी कार्यालयका वेबसाइट डाउन

सोलुखुम्बु : सोलुखुम्बुका सबै स्थानीय तह र प्रमुख सरकारी कार्यालयका आधिकारिक वेबसाइटहरू विगत केही समयदेखि ठप्प (डाउन) भएका छन्। सरकारी सूचना प्रणालीमा आएको प्राविधिक गडबडीका कारण जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा अन्य सञ्चालित सरकारी निकायका वेबसाइटहरू खुल्न छाडेका हुन्।

डिजिटल माध्यमबाट सार्वजनिक सूचना, बोलपत्र (टेन्डर), र स्थानीय सरकारका गतिविधि नागरिकसमक्ष पु¥याउने उद्देश्यले निर्माण गरिएका यी वेबसाइटहरू बन्द हुँदा सेवाग्राहीहरू सूचना पाउनबाट वञ्चित भएका छन्।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका खुम्बु पासाङल्हामु, थुलुङ दुधकोशी, नेचासल्यान, माप्य दुधकोशी, महाकुलुङ, सोताङ र लिखुपिके गाउँपालिकाका आधिकारिक वेबसाइटहरू पूर्ण रूपमा डाउन छन्। वेबसाइट खोल्न खोज्दा ’इरर’  वा ’साइट क्यान नट बी रीच्ड’ भन्ने सन्देश मात्र देखिने गरेको छ ।

 सिंहदरबारस्थित केन्द्रीय सर्भर वा राष्ट्रिय सूचना प्रविधि केन्द्र को मुख्य प्रणालीमा आएको प्राविधिक समस्या वा डोमेन नवीकरणको कमजोरीका कारण यस्तो समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । सञ्चार असुविधा र दक्ष प्राविधिकको अभावका कारण दुर्गमका स्थानीय तहहरूले तत्कालै यसको समाधान गर्न सकेका छैनन्।