शुक्रबार कार्तिक ७, २०८३
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै
दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार अस्ति विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ
ताजा खबर
सबै- मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै
- आउँदो मंगलबारदेखि पानी पर्ने सम्भावना तर त्रसित हुन नपर्ने मौसमविद्को भनाइ
- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,सोलुखुम्बुद्वारा साढे ३५ लाख बढीको खाद्यान्न बिक्री
- सोलुखुम्बुमा पाँच वर्षमा भालुको आक्रमणबाट दुईको मृ,त्यु , १७ जना घाइते
- सगरमाथा क्षेत्रमा पर्यटकले भरिभराउ, पर्यटकको स्वागतमा व्यस्त व्यवसायी






