सोलुखुम्बु सदरमुकाम सल्लेरीमा भित्र्याइयो फूलपाती
सोलुखुम्बुः आज दशैँको फूलपाती । देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइएको छ । घर–घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । सोही अनुसार सोलुखुम्बुमा पनि विभिन्न धार्मिक विधि अनुसार फुलपाती भित्र्याइएको छ । जिल्ला सदरमुकाम सल्लेरीको नयाँ बजार स्थित गणेश मन्दिरबाट विधिपुर्वक नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोकडीले सलामी सहित डोलीमा ल्याइएको फूलपाती जिल्ला प्रशासन कार्यालय परिसरको कालिका भगवती थान र जिल्ला प्रहरी कार्यालय परिसरको मन्दिरमा भित्र्याइएको हो ।
बेण्ड बाजासहित गणेश मन्दिरबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुखहरुसहितको उपस्थितीमा ल्याइएको फुलपाती दशैघरमा भित्र्याइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी –कमान सिह थापा मगरको भनाई छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् ।
घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ । आज किसानले खेतमा गइ चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन् ।
ताजा खबर
सबै- सगरमाथा क्षेत्रमा पर्यटकले भरिभराउ, पर्यटकको स्वागतमा व्यस्त व्यवसायी
- सोलुखुम्बुमा एक महिनामा पाँच फरार प्रतिवादी पक्राउ
- कोसी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
- टीका र जमरा लगाएर विजयादशमी मनाइँदै : उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा
- सोलुखुम्बुमा दसैँमा नियमित विद्युत् आपूर्तिका लागि जनशक्ति तयारी अवस्थामा





2026-10-16-05-32-28.jpeg)
