बिहीबार, ६ कार्तिक, २०८३ (1792606500)
बिहीबार कार्तिक ६, २०८३

    सोलुखुम्बुमा पाँच वर्षमा भालुको आक्रमणबाट दुईको मृ,त्यु , १७ जना घाइते

 सोलुखुम्बुमा विगत पाँच वर्षको अवधिमा भालुको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको तथ्याङ्क अनुसार सोही अवधिमा भालुको आक्रमणबाट १२ वटा चौपाया मरेका छन् भने दुई वटा बेपत्ता र एउटा घाइते भएका छन्।
प्रहरीका अनुसार जङ्गलमा घाँस–दाउरा गर्न जाने क्रममा, खेतबारीमा काम गर्दा र यात्राका क्रममा स्थानीयवासी भालुको आक्रमणमा परेका हुन्। घाइते १७ जनामध्ये सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको थियो।
मानवीय क्षतिसँगै भालुले स्थानीयको पशुधनमा पनि क्षति पु¥याएको छ। गोठमा बाँधिएका तथा चरिचरनमा लगिएका १२ वटा चौपाया भालुको आक्रमणबाट मरेका छन् भने दुई वटा चौपाया अझैसम्म बेपत्ता छन्। एउटा चौपाया घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रशासनले भालुको जोखिम बढेका क्षेत्रहरूमा एक्लै नहिँड्न र जङ्गल आसपास जाँदा विशेष सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ ।