बिहीबार, ६ कार्तिक, २०८३ (1792606500)
बिहीबार कार्तिक ६, २०८३

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,सोलुखुम्बुद्वारा साढे ३५ लाख बढीको खाद्यान्न बिक्री

सोलुखुम्बु :   खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सोलुखुम्बु शाखाले बडादशैँको अवसर पारेर ३५ लाख ५४ हजार ४ सय ६८ रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरी राजस्व संकलन गरेको छ । कम्पनीका प्रमुख निमीश कुमार  यादवका अनुसार चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले चामल, दाल र चिनीको बिक्री वितरण गरिएको हो।  
कार्यालय प्रमुख यादवले दिएको विवरण अनुसार साउन २८ गतेदेखि बिक्री खुला गरिएको चामल असोज २८ गतेसम्म निरन्तर बिक्री गरिएको थियो। यस अवधिमा कुल ३९६.२५ क्विन्टल चामल बिक्री भई ३१ लाख ९६ हजार ८ सय ७५ रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो।

बिक्री भएका चामलमध्ये ८ हजार ७ सय रुपैयाँ प्रतिक्विन्टलका दरले १५८.७५ क्विन्टल जिरा चामलबाट १३ लाख ८१ हजार १२५ रुपैयाँ र सोही मूल्यमा १५४ क्विन्टल एफआर जिरा चामलबाट १३ लाख ३९ हजार ८ सय रुपैयाँ उठेको छ। त्यसैगरी, ५ हजार ७ सय रुपैयाँ प्रतिक्विन्टलका दरले ७९.२५ क्विन्टल सोना चामल बिक्रीबाट ४ लाख ५१ हजार ७ सय २५ रुपैयाँ र ४.२५ क्विन्टल एफआर सोना चामलबाट २४ हजार २ सय २५ रुपैयाँ राजस्व उठेको छ।  
चामलका अतिरिक्त असोज २५, २६ र २८ गते तीन दिन दाल र चिनीसमेत बिक्री गरिएको प्रमुख यादवले बताउनुभयो। जसअनुसार प्रतिकेजी ११० रुपैयाँका दरले २,९८८ केजी चिनी बिक्री गर्दा ३ लाख २८ हजार ६ सय ८० रुपैयाँ र प्रतिकेजी १४५ रुपैयाँका दरले १९९.४ केजी दाल बिक्री गर्दा २८ हजार ९ सय १३ रुपैयाँ संकलन भएको छ। यसरी चामल, चिनी र दाल बिक्री गरी कम्पनीले दशैँको अवधिभर सोलुखुम्बुमा कुल पैँतीस लाख चौवन हजार चार सय अरसठ्ठी रुपैयाँ (रु. ३५,५४,४६८) बराबरको कारोबार गर्न सफल भएको शाखा प्रमुख निमीेश कुमार यादवले बताउनुभयो