शुक्रबार असोज २३, २०८३
चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र
सोलुखुम्बुः थुलुङ दुधकोशी गाउँपालिका वडा नं. २ मा सञ्चालित विभिन्न पसल तथा होटलहरूमा बजार अनुगमन गरिएको छ।चाडपर्व नजिकिएसँगै गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको हो। आज आन्तरिक लेखा परीक्षक भेषराज कार्कीको नेतृत्वमा खटिएको टोलीले वडा नं. २ का विभिन्न पसल तथा होटलहरूमा अनुगमन गर्दा करिब रु. १६ हजार ७ सय ५६ बराबरका अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरू बरामद गरी तत्काल नष्ट गरेको छ।
चाडपर्वका समयमा उपभोक्ताको स्वास्थ्य र अधिकारलाई मध्यनजर गर्दै गाउँपालिकाले बजारमा हुने कालोबजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको बिक्री–वितरण नियन्त्रण गर्न नियमित अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाले जनाएको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदशन
- स्थापना दिवसमा हुलाक कार्यालय सोलुखुम्बुले गर्यो हजारी जवाफ प्रतियोगिता
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोलुदूधकुण्डका राष्ट्रसेवकले जम्मा गरे ३३ लाख रुपियाँ राहात
- भोटेकोशी बाढीः सोलुखुम्बुका ५३ जना अझै बेपत्ता, १६ को जीवितै उद्धार
- चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशीमा बजार अनुगमन तीव्र




2026-10-03-07-40-51.jpeg)
2026-10-04-10-29-10.jpeg)

