नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा सोलुखुम्बुका ६ नेताको उम्मेदवारी
सोलुखुम्बु : नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोलुखुम्बुका ६ जना नेताहरूले केन्द्रीय तहका विभिन्न पदहरूमा आफ्नो मनोनयन दर्ता गराएका छन्। समावेशी नेतृत्व, पार्टी सुदृढीकरण र समुदायको आवाजलाई प्रवर्धन गर्ने उद्देश्यसहित उनीहरू चुनावी मैदानमा उत्रिएका हुन्।
मनोनयन दर्ता गराउनेहरूमा सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको छ । त्यसै गरी, सह–महामन्त्री पदका लागि शुभराम बस्नेतले खस आर्य तर्फबाट र अल्पसंख्यक सह–महामन्त्री पदतर्फबाट आङगेलु शेर्पाले मनोनयन दर्ता गराउनुभएको छ त्यस्तै, केन्द्रीय सदस्य पदका लागि सोलुखुम्बुका अन्य नेताहरूमा खस आर्य तर्फबाट बिनोद कुमार बस्नेत, आदिवासी जनजाति महिला तर्फबाट छुल्डी ल्हमु शेर्पा (थापा मगर) र द्वन्द्व पीडित तर्फबाट केन्द्रीय सदस्यमा प्रेम बहादुर थापा मगरले मनोनयन गराउनुभएको छ । मनोनयन दर्तासँगै उम्मेदवारहरूले सोलुखुम्बु जिल्लाको पहिचान, लोकतन्त्रको रक्षा र समृद्धिको संकल्प व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मतको अपेक्षा गरेको बताएका छन् ।
ताजा खबर
सबै- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
- सोलुखुम्बुमा नयाँ नोटको साटो सुकिला नोट सटही गर्दै राष्ट्रिय वाणिज्य बैंक
- थुलुङ दुधकोशीमा बजार अनुगमन, ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी





2026-10-03-07-40-51.jpeg)

2026-10-04-10-29-10.jpeg)