सोलुखुम्बुमा नयाँ नोटको साटो सुकिला नोट सटही गर्दै राष्ट्रिय वाणिज्य बैंक
सोलुखुम्बु:राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखाले यस वर्षको दशैँलाई लक्षित गरी सर्वसाधारणका लागि सुकिला नोट सटही गरिरहेको छ। केन्द्रीय कार्यालयबाट नयाँ नोट प्राप्त नभएकाले बैंकले नयाँ नोटको साटो प्रयोगमा ल्याउन सकिने सुकिला (सफा) नोट सटही गरिरहेको हो।
शाखामा पर्याप्त भण्डारण क्षमता (स्टोरेज) नभएका कारण माथिल्लो निकायबाट यस वर्ष नयाँ नोट नपठाइएको राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखाका प्रबन्धक सुमन चापागाईँले जानकारी दिनुभयो। नयाँ नोट उपलब्ध नभए तापनि दशैँमा सर्वसाधारणको सहजताका लागि १०० रुपैयाँ लगायत अन्य विभिन्न दरका सुकिला नोटहरू भने पर्याप्त मात्रामा मौज्दात राखिएको छ। यद्यपि, ५० रुपैयाँको नोट भने केन्द्रीय कार्यालयबाटै प्राप्त नभएकाले ग्राहकलाई उपलब्ध गराउन नसकिएको बैंकले जनाएको छ।
यस शाखाबाट दशैँका लागि सुकिला नोट साट्नका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनुपर्ने कुनै बाध्यता राखिएको छैन। जुनसुकै नागरिकले सार्वजनिक बिदाका दिन बाहेक अन्य दिनहरूमा बैंकिङ समयभित्र शाखामा पुगेर सहज रूपमा सुकिला नोट साट्न सक्नेछन्। नागरिकलाई असुविधा नहोस् भनेर बैंकले बिदाको दिन बाहेक कार्यालय समयका जुनसुकै समयमा पनि नोट साट्न सकिने व्यवस्था मिलाएको प्रबन्धक चापागाईँले बताउनुभयो।
ताजा खबर
सबै- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
- सोलुखुम्बुमा नयाँ नोटको साटो सुकिला नोट सटही गर्दै राष्ट्रिय वाणिज्य बैंक
- थुलुङ दुधकोशीमा बजार अनुगमन, ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी





2026-10-03-07-40-51.jpeg)

2026-10-04-10-29-10.jpeg)