चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
सोलुखुम्बुः चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बु र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोलीले बुधवार अनुगमन गरेको हो।
सल्लेरीको जिरो प्वाइन्टदेखि आवाडाँडासम्म गरिएका विभिन्न ६७ वटा खुद्रा किराना पसल तथा मासु पसलहरुको अनुगमनका क्रममा करिब २३ हजार ६ सय ५० रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्रीहरू बरामद गरिएको निमित्त सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
अनुगमन टोलीले भेट्टाएका पेय पदार्थ, पिठो, चाउचाउ, चिउरा, दाल, भुजा र प्राउन जस्ता म्याद नाघेका सामग्रीहरूलाई सोही दिन नष्ट गरिएको थियो । अनुगमनका क्रममा अधिकांश व्यापारीहरू संयमित पाइएको निमित्त सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो। व्यापारीहरूले म्याद गुज्रिएका सामान आफैं हटाउने गरेको र केही छुटेका सामानहरू अनुगमनका क्रममा भेटिँदा समेत उहाँहरूले संयमता अपनाएको पाउँदा खुसी लागेको उहाँको भनाइ छ।
चाडपर्वको समयमा उपभोग्य वस्तुको माग उच्च हुने भएकाले उपभोक्तालाई ठगी हुन नदिन र गुणस्तरीय सामान मात्र बिक्री वितरण सुनिश्चित गर्न बजार अनुगमन गरिएको प्रशासनले जनाएको छ। व्यवसायीहरूलाई म्याद नाघेका र गुणस्तरहीन वस्तु बिक्री नगर्न आग्रह गर्दै प्रशासनले यस्ता अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने स्पष्ट पारेको छ।
ताजा खबर
सबै- चाडपर्व नजिकिएसँगै सल्लेरीमा बजार अनुगमन ,म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट
- नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी
- गोक्योबाट फर्किने क्रममा हराएका चिनियाँ नागरिकको शव भीरबाट निकालियो
- सोलुखुम्बुमा नयाँ नोटको साटो सुकिला नोट सटही गर्दै राष्ट्रिय वाणिज्य बैंक
- थुलुङ दुधकोशीमा बजार अनुगमन, ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी




2026-10-03-07-40-51.jpeg)

2026-10-04-10-29-10.jpeg)