आइतबार, ११ असोज, २०८३ (1790360100)
शनिबार असोज १०, २०८३

थुलुङ दुधकोशी गाउँपालिका–४ का वडा सदस्य फुर्तीमान राईको निधन

  सोलुखुम्बुः   थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ४ का निर्वाचित वडा सदस्य फुर्तीमान राईको उपचारका क्रममा निधन भएको छ।  असोज १० गते शनिवारका दिन खनेखर्कबाट वडा नं. ८ राम्चे जाने क्रममा छोपु खोला तर्ने क्रममा  लडेर उहाँ गम्भीर घाइते हुनुभएको थियो। 
   घटनालगत्तै अवस्था गम्भीर देखिएपछि उहाँलाई तत्कालै हेलिकप्टरमार्फत काठमाडौँस्थित न्युरो अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउँदै गर्दा बाटोमै उहाँको निधन भएको हो।  स्थानीय जनप्रतिनिधिको असामयिक र अकल्पनीय निधनको खबरले सिङ्गो थुलुङ दुधकोशी गाउँपालिका परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ।