अविरल वर्षाले साल्मेमा सडक भासियो, सोलुखुम्बुको यातायात प्रभावित
सोलुखुम्बुः सोलुखुम्बुलाई काठमाडौं लगायत अन्य जिल्लासँग जोड्ने मुख्य सडकखण्ड अन्तर्गत साल्मेमा क्षेत्रको सडक भासिएको छ । अविरल वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला क्षेत्रमा पर्ने साल्मेमा पहिरो तथा सडक भासिएपछि सडक अवरुद्ध भएको हो । साल्मेमा रहेको सोलुखोला पुलबाट करिव १ सय मिटर पर सडक मुनीबाट पहिरो गएको ज्ल्लिा प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीन राज बुढाथोकीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा सोलुखुम्बुबाट काठमाडौं तथा अन्य जिल्लातर्फ हुने यातायात प्रभावित बनेको छ । मनसुनको उत्तरार्धमा भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्डमा पहिरो तथा कटानको जोखिम बढिरहेका बेला मुख्य आवागमन मार्गमै पहिरो खसेपछि यात्रु तथा सवारीसाधन थप समस्यामा परेका छन्। साल्मे सोलुखुम्बुलाई काठमाडौं तथा अन्य जिल्लासँग जोड्ने महत्वपूर्ण सडकखण्ड भएकाले यहाँ सडक अवरुद्ध हुँदा जिल्लाको समग्र यातायात सेवामै प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । लगातारको वर्षाका कारण जिल्लाका अन्य ग्रामीण सडकसमेत सञ्चालनमा समस्या भइरहेको छ ।
ताजा खबर
सबै- अविरल वर्षाले सोलुखुम्बुमा १३ घर, १ विद्यालय र सडक क्षतिग्रस्त
- थुलुङ दुधकोशी गाउँपालिका–४ का वडा सदस्य फुर्तीमान राईको निधन
- साल्मे पहिरोको संयुक्त अनुगमन, यातायात सञ्चालनमा
- साल्मे पहिरोको संयुक्त अनुगमन, भोलिसम्म यातायात सञ्चालन गर्ने तयारी
- अविरल वर्षाले साल्मेमा सडक भासियो, सोलुखुम्बुको यातायात प्रभावित



2026-09-20-07-38-31.jpeg)


