सोलु खोलामा पानीको बहाव बढ्यो, पहिरोले सडक अवरुद्ध
सोलुखुम्बुः अविरल वर्षाका कारण सोलु खोलामा पानीको बहाव उच्च भएको छ। सोलु खोलामा पानीको सतह बढे पनि सोलु हाइड्रोपावर आयोजनाहरूमा हालसम्म कुनै क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जलसतह बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाइड्रोपावर आयोजनामा जडान गरिएका आपत्कालीन साइरन तथा पूर्वसूचना प्रणालीको निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, वर्षाका कारण साल्मेस्थित पुलको छेउमा पहिरो जाँदा उक्त क्षेत्रको सडक अवरुद्ध भएको छ। पहिरोका कारण आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ। यस्तै, थुलुङ दूधकौशी गाउँपालिका–७ मा पहिरोको जोखिम बढेपछि स्थानीय मिश्रबहादुर खत्री, झमक खत्री र झागर खत्रीका घर जोखिममा परेका छन्। जोखिममा रहेका परिवारको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा खबर
सबै- अविरल वर्षाले सोलुखुम्बुमा १३ घर, १ विद्यालय र सडक क्षतिग्रस्त
- थुलुङ दुधकोशी गाउँपालिका–४ का वडा सदस्य फुर्तीमान राईको निधन
- साल्मे पहिरोको संयुक्त अनुगमन, यातायात सञ्चालनमा
- साल्मे पहिरोको संयुक्त अनुगमन, भोलिसम्म यातायात सञ्चालन गर्ने तयारी
- अविरल वर्षाले साल्मेमा सडक भासियो, सोलुखुम्बुको यातायात प्रभावित



2026-09-20-07-38-31.jpeg)

