सांसद प्रकाश सिंह कार्कीद्वारा हिमाल दर्शन माविलाई ६३ हजार बराबरको पाठ्यपुस्तक सहयोग
सोलुखुम्बुः प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बुस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि पाठ्यपुस्तक सहयोग गर्नुभएको छ। नेचासल्यान गाउँपालिका–३ मा रहेको उक्त विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि उहाँले ६३ हजार रुपैयाँ बराबरका विभिन्न विधाका पाठ्यपुस्तकहरू खरिद गरी हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका पाठ्यपुस्तकहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र आचार्यले ग्रहण गर्नुभएको थियो।
सांसद कार्कीले निर्वाचनका क्रममा आफू निर्वाचित भएमा प्रतिनिधि सभा सदस्य बापत प्राप्त हुने कुनै पनि सेवा–सुविधा नलिई सो रकम सोलुखुम्बुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको थियो। सोही घोषणा अनुसार क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उहाँले आफ्नो सेवा–सुविधाबापत प्राप्त रकमबाट यो शैक्षिक सामग्री उपलब्ध गराउनुभएको जनाइएको छ।
ताजा खबर
सबै- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- गोरकशेप हाई अल्टीच्यूड क्लिनिकबाट एक बर्षको अवधीमा २३४ जनाले लिए स्वास्थ्य सेवा
- सम्पर्क अधिकृतमा ५० प्रतिशत कोटा आरोहीलाई दिन सगरमाथा आरोहीहरूको माग
- नेपालमा आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई मान्यता दिलाउन पहल, सङ्ख्या १४ पुग्ने
- सांसद प्रकाश सिंह कार्कीद्वारा हिमाल दर्शन माविलाई ६३ हजार बराबरको पाठ्यपुस्तक सहयोग





2026-08-22-03-46-25.jpeg)

