सप्तरीमा २ वर्षीया बालिकाको ह,त्या सौतेनी आमाले गरेको प्रहरीको निष्कर्ष
सोलुखुम्बुः सप्तरीमा दुई वर्षीया बालिकाको हत्या सौतेनी आमाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा प्रहरीले बालिकाकी सौतेनी आमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काका अनुसार शम्भुनाथ नगरपालिका–३ का मोहम्मद इरफानकी छोरी खुशी खातुनको हत्या उनकी सौतेनी आमाले गरेको देखिएको हो । खुशी आइतबार बिहान घरबाट हराएकी थिइन् । हराएको करिब दुई घण्टापछि उनको शव घर पछाडिको झाडीमा फेला परेको थियो ।
प्रहरीले शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ । प्रहरीका अनुसार मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका छन् । स्थानीयको भनाईअनुसार इरफानकी जेठी र कान्छी पत्नीबीच लामो समयदेखि झगडा चलिरहेको थियो । शनिबार अर्थात हिजो पनि दुवैबीच झगडा भएको थियो । विशेषगरी परिवारको सम्पत्तिको भोकाधिकार कसको हुने भन्ने विषयमा उनीहरूबीच विवाद हुने गरेको स्थानीयको भनाइ छ । पुख्र्यौली घरमा इरफानकी जेठी पत्नी र छोरी खुशी बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान सोही स्थान नजिकै डेरा लिएर बस्दै आएकी थिइन् ।
एसपी खड्काले भने, ‘शवमा घाउचोट देखिँदैन । हत्यामा एक जनाको मात्रै संलग्नता देखिएको छ ।’ आइतबार बिहान करिब ९ बजे बालिका हराएको सूचना पाएपछि प्रहरीले तत्काल खोजी सुरु गरेको थियो । खोजीका क्रममा घर पछाडिको झाडीमा बालिकाको शव फेला परेको हो । बालिकाको हत्या भएको विरोधमा स्थानीयले आइतबार दिउँसो केहीबेर रुपनी बजार बन्द गराएका थिए । स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शनसमेत गरेका थिए । अहिले रुपनी बजार र राजमार्गमा भएको अवरोध हटिसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी खड्काले बताए ।
ताजा खबर
सबै- सप्तरीमा २ वर्षीया बालिकाको ह,त्या सौतेनी आमाले गरेको प्रहरीको निष्कर्ष
- नेपाल लेखापढी व्यवसायी सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न
- पर्वतीय पर्यटनमा उत्साहजनक पुनरुत्थान, रोजगारी र आम्दानीको दायरा फराकिलो
- ब्रोड पिक हिमपहिरोका पीडित परिवारलाई नेकोले बीमा दाबी भुक्तानी गर्यो
- पर्यटकीय सिजन सुरु हुन लाग्दा खुम्बु क्षेत्रका पदमार्ग पूर्ण रूपमा सुरक्षितः एसपीसीसी अध्यक्ष लामा काजी शेर्पा




2026-08-17-02-58-46.jpeg)

2026-08-22-03-46-25.jpeg)
