सोलुदुधकुण्ड नगरपालिकाको निर्माणाधीन भवनको ७५ प्रतिशत कार्य सम्पन्न
सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ सुरु गरिएको यस भवनको निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि प्रलाद राजबंशीका अनुसार हाल भवनको छाना हाल्ने, प्लास्टर गर्ने तथा फिनिसिङका कार्यहरू तीव्र रूपमा भइरहेका छन् । वि.सं. २०८१ साल पुस २ गतेदेखि औपचारिक रूपमा निर्माण कार्य आरम्भ गरिएको यस भवनको गत वर्ष पुस १४ गते पूर्व शहरी विकास तथा पूर्वाधार मन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्नुभएको थियो।
कुल ७ करोड १४ लाख १९ हजार ३ सय ६३ रुपैयाँको लागतमा निर्माण भइरहेको यस भवनका लागि २०८१ साल कात्तिक ५ गते ’आर.एम.सी. पी.आर.एच.बी. जेभी’ कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौताको सर्त अनुसार आगामी चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने प्रावधान रहेको छ र सोही लक्ष्य अनुरूप काम अगाडि बढिरहेको छ ।
नगरपालिकाले आफ्नै सुविधासम्पन्न भवन निर्माण भएपछि प्रशासनिक सेवा प्रवाहमा ठुलो सहजता आउने अपेक्षा गरेको छ। हाल विभिन्न स्थानमा छरिएर रहेका शाखाहरू नयाँ भवन बनेपछि एकै ठाउँबाट सञ्चालन हुने भएकाले स्थानीय नागरिकले छिटो, छरितो तथा गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने नगरपालिकाको विश्वास रहेको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

