सोलुखुम्बुमा मतदाता नामावली दर्ता २६ सय ६४ पुग्यो
सोलुखुम्बु — आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै सोलुखुम्बुमा फोटोसहितको मतदाता नामावली दर्ताको प्रक्रियामा उल्लेखनीय वृद्धि भएको छ । २०८२ असोज ५ गतेदेखि मंसिर ५ गतेसम्मको अवधिमा जिल्लाभर २ हजार ६ सय ६४ जना नयाँ मतदाता नामावलीमा दर्ता भएका हुन् । दर्ता भएका मध्ये २ हजार ९२ जनाले एनआइडी (राष्ट्रिय परिचय पत्र) अनलाइन प्रणाली प्रयोग गरी मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सुचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो । त्यस्तै ५७२ जनाले सम्बन्धित कार्यालयमा उपस्थित भएर प्रत्यक्ष मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
दर्ता प्रक्रियामा संकलन भएका कागजात जाँचिँदा १७ ओटा निवेदन कागजात अपूरा वा आवश्यक विवरण नपुगेका कारण रद्द गरिएको निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । दर्ता भएका २ हजार ६ सय ६४ जनामध्ये ३० जना ओडिआर तथा अन्य जिल्ला मार्फत सोलुखुम्बुमा नामावलीमा नाम दर्ता गराएका हुन् । सुचना अधिकारी घिमिरेका अनुसार, दर्ता संख्या बढ्नुका पछाडि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइँदै गएको व्यवस्थासँगै अनलाइन सेवाप्रति जनताको पहुँच विस्तार हुनु प्रमुख कारण रहेको हो ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

