नेचासल्यान गाउँपालिका–४ मा सार्वजनिक सुनुवाई सम्पन्न
सोलुखुम्बुः नेचासल्यान गाउँपालिकाको वडा न ४ मा आज सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । नेचा सल्यान गाउँपालिकको आयोजना तथा सामुदायिक रेडियो सोलु एफ एम को सहजीकरणमा उक्त सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । कार्यक्रममा वडाध्यक्ष इन्द्र राईको अध्यक्षता रहेको थियो। भने कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धनजन राई रहनुभएको भने बिशिष्ट अतिथिका रुपमा गाउँपालिका उपाध्यक्ष बिना राई रहनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष इन्द्र राईले आर्थिक वर्ष २०८१÷८२ मा वडा कार्यालयमार्फत खर्च भएको विवरण प्रस्तुत गर्दै विगत एक वर्षको कार्य प्रगतिबारे सार्वजनिक रूपमा जानकारी गराउदै
आगामी योजनाहरु, सार्वजनिक खर्च विवरण तथा जनताबाट आएका गुनासो–सुझाव प्रस्तुत गर्नुभयो । वडाध्यक्ष इन्द्र राईले जनताको सुझावअनुसार योजना छनोट गर्दै विकासका कामलाई पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
सार्वजनीक सुनुवाइ कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष धनजन राईले विकास निर्माणमा समान रुपले हरेको बताउदै गाउपालिकाले पर्यटन क्षेत्रलाइ प्राथामिकतामा राखेर काम गरिरएको बताउनुभयो । सच्चार कर्मीहरुलाइ समेत सहि गरेको कामलाइ गलत नबनाउन सुझाव दिनुभयो । गाउँपालिकामा रहेको लिफटीङ आयोजनाको बारेमा र अस्पताल सच्चालनमा पनि गाउपालिका गम्भीर रहेको उहाको भनाइ छ साथै, आगामी दिनमा अझ बढी परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्ष बिना राईले प्रत्येक पालिकाहरुको सरक्षणका लागि बालिका जन्मने बितिकै ३ हजार रुपैया बालिका बचत खातामा राख्ने गरेको बताउनुभयो । गाउपालिकाको विकासको लागी सधै सम्बेदनशील रहेको बताउदै बिकास निर्माण्को काममा अनुगमन गरिरहेको दाबी गर्नुभयो उहाले जनताबाट आएका सुझावलाई योजनामा समावेश गर्ने बताउनुभया
सार्वजनीक सुनुवाइमा विभिन्न योजनाको बजेट समेत सार्वजनीक गरिएको थियो । वडा सिलिङमा पुजीगत बजेट तर्फ पुरानाखानी मुलघर तथा े भर्याङ मर्मतमा — रु. १,००,०००.०० बजेट बिनियोजन गरिएको थियो ।
केन्द्रीय प्रशानका लागि कालो तार खरिद रु. २,५०,०००, अधेरी बागी फलामे पुल निर्माणमा रु. १,००,००० रुपैया बजेट विनियोजन गरिएको थियो त्यस्तै ग्यावि ङ ब्यबस्थापनमा १,५००००.०० ,सडक स्तरउन्नती अमलबोट कुइलोमोड ५,००,०००.०० जिमवाल टोल फुर्के सडक टयाक ओपनमा १,००,०००, थुम्की फर्निचर व्यवस्थापन — रु. १,५०,०००, जाल्पा आ.वि. दिवा खाना खाजा कार्यक्रम — रु. १,००,०००, टिनको छाना उपलब्ध गराई घर निर्माण (विपद व्यवस्थापन) — रु. ५०,००० रुपैया विनियोजन गरिएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासीहरूले योजनाहरू वडाको प्राथमिकता अनुसार छानिएका कारण खुशी व्यक्त गरका छन् । त्यसैगरी वडाले २०८१÷८२मा विभिन्न योजना तथा कार्यक्रम र सेवा प्रवाहा गर्नुका साथै रावस्व सकंलन गरेको थियो । सम्पती करमा रु ४ हजार ७ सय ५० रुपैया रकम रहेको थियो । भुमिकर तथा मालपोतमा २ लाख ६ हजार ४ सय ८१, कृषि तथा पशुजन्य बस्तुको कारोबारमा ३ सय ,अन्य सेवा शुल्कमा ७ हजार रहेको थियो भने अन्य प्रशासनीक सेवा शुल्क ४३ हजार २ सय ३३ रहेको थियो सिफरीस दस्तुरमा १ लाख १५ हजार १० र व्यक्तिगत घटना दर्ता दस्तुर २३ हजार ८ सय गरी रहेको थियो । त्यस्तै व्यक्तिगत घटना दर्ता विवरण्मा परिमाण सख्या १३३ रहेको थियो जसमा जन्म ४२, मृत्यु १२ ,विवहा १९ सम्बन्ध बिच्छेत ३ ,बसाइसराइ १३ रहेको थियेो ।
सामाजीक सुरक्षा विवरणमा जम्मा परिणाम सख्या ३ सय २ रहेको थियो जसमा ज्येष्ठ नागरिक २ सय १ रहेका थिए भने ज्जेष्ठ नागरिक दलित १० , ज्येष्ठ नागरिक एकल महिला १२ , विधुवा २६ ,पुर्ण अपाङ ५ , अति अशक्त ३१ ,दलित बालबालिका ८ जना रहेका थिए । नागरिकता सिफरीसमा ८६ ,घरबाटो सिफरीसमा ५९ , पनरिवारीक विवरण प्रमाणित २१, योजना सम्झौता सिफरीस ४६, योजना फरफराक सिफरीस ४६, र जन्म मृत्यु विवहा अविवाहित प्रमाणित ४८ जना रहेका थिए । कार्यक्रमले वडास्तरमा हुने विकास गतिविधिमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने वातावरण सिर्जना गरेको भन्दै सहभागीहरूले सन्तुष्टि व्यक्त गरेका थिए। सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका जनप्रतिनिधि, विभिन्न टोल विकास समिति, किसान समूह, महिला समूहका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उत्साहजनक उपस्थिति थियो।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)





