खुम्बु पासाङल्हामु गाउँपालिका–बाढी ५ घर बगायो ६ घर आंशिक क्षति
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर पूर्णरूपमा क्षति भएको छ । भाद्र १५ गते राति थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको छन् भने ६ वटा घर आंशिक क्षति पुगेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएका छन् । तत्कालीन उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हाल अविरल बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । साथै प्रभावित परिवारलाई तत्कालीन सहयोग पु¥याउन समेत आह्वान गरिएको छ ।

ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)





