शनिबार, ९ श्रावण, २०८३ (1751048100)
शनिबार असार १४, २०८२

महाकुलुङ आधारभूत अस्पतालको दिगो सञ्चालनका लागि पहल जारी, विभिन्न चुनौती रहेको प्रमुख प्रशासकीय अधिकृत खरिधन राईको भनाइ

 सोलुखुम्बुः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा स्थापना गरिएको महाकुलुङ आधारभूत अस्पतालको दिगो सञ्चालनका लागि आवश्यक तयारी र पहल जारी रहेको प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभएको छ।
उहाँका अनुसार अस्पताल सन्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास, औषधि तथा उपकरणको आपूर्ति, र सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिकाको आन्तरिक स्रोत र संघीय÷प्रदेश सरकारसँगको सहकार्यबाट अस्पताललाई पूर्ण रूपमा सेवा दिन सक्ने बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत राईले सोलु एफ एम सगँ कुराकानी गदै भन्नुभयो, “ “अस्पतालको सेवा सुदृढ बनाउन प्रयास जारी छ, तर दक्ष जनशक्तिको अभाव, पर्याप्त बजेटको कमी, दुर्गम भूगोलका कारण उपकरण ढुवानीमा समस्या लगायतका चुनौतीहरू छन्।” उहाँले थप गर्नुभयो, “हामी दीर्घकालीन योजना अनुसार अगाडि बढिरहेका छौं, तर यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक छ।”
हाल अस्पतालमा प्राथमिक स्वास्थ्य सेवा दिइँदै आएको छ भने आगामी दिनमा विशेषज्ञ सेवा पनि विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ। स्थानीयवासीले अस्पतालको सेवा प्रवाहमा सन्तोष व्यक्त गदै पहिले सामान्य उपचारको लागि समेत सदरमुकाम जिल्ला बाहिर जानुपरेको बाध्यता हटदँै जादाँ स्थानिय नागरिकहरुले गुणस्तरिय सेवा आफनै गाउँमा पाएको अनुभुति गरिरहेका छन् । सरकारले थप ध्यान दिनुपर्ने माग पनि राखेका छन्।