शनिबार, ९ श्रावण, २०८३ (1750788900)
बुधबार असार ११, २०८२

नेचासल्यानको बजेट ५१ करोड ६६लाख ,आन्तरिक आय ६३लाख ५० हजार 

  सोलुखुम्बुः सोलुखुम्बुका सबै स्थानीय तहहरुले आर्थिक बर्ष २०८२÷८३का लागी बजेट निर्माण तथा बजेट सार्बजनिक गर्ने कार्य हिजो  सम्पन्न गरेका छन्। जस अन्तर्गत नेचासल्यान गाउँपालिकाले आगामी आर्थीक बर्षका लागी ५१ करोड ६६ लाख २०हजार ८८३ रुपैयाको बजेट सार्बजनिक गरेको छ ।जस अन्तर्गत ससर्त  तर्फ ३१ करोड२० लाख ६८ हजार १२४ रुपैयाँ बिनियोजन गरेको छ ।
 त्यसैगरि समानीकरण शिर्षकमा प्रसासनिक तर्फ १० करोड २५लाख,वडा कार्यालय पुजिगतमा२ करोड ७५लाख, समपुरक खर्च२करोड ३४लाख  बिनियोजन गरेको जनाएको छ । त्यसैगरि सामाजिक बिकाश तर्फ ११करोड १३ लाख सुशासन तथा अन्तर सम्बधित क्षेत्रमा५०लाख प्रबर्धनात्मक क्षेत्र तर्फ ४५ लाख बजेट बिनियोजन गरेको छ ।भनेअघिल्लो आर्थिक बर्षको दायीत्व भुतmानी १करोड ५८लाख  अन्य पुर्बाधार बिकाशको लागी १ करोड ४५लाख ५२ हजार ७४१ रुपैया बजेट बिनियोजन गरेको जनाइएको छ । कुल बजेटमा आन्तरिक श्रोतबाट ६३लाख ५० हजार आम्दानी हुने समेत अनुमान गरिएको छ ।