थुलुङ दूधकोशी गाउँपालिकाले वैकल्पीक सडक प्रयोग सम्बन्धी सूचना सार्वजनिक ग¥यो
सोलुखुम्बुः थुलुङ दूधकोशी गाउँपालिकाले हालै सार्वजनिक सूचना जारी गर्दै वैकल्पीक सडक प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ कि बर्खाको समयमा अत्यधिक वर्षा तथा असहज मौसमका कारण सडकहरू जोखिमयुक्त बन्दै गएका छन्। यसले गर्दा यात्रुहरूको सुरक्षा र सवारी आवागमनमा समस्या उत्पन्न हुन सक्ने भएकाले उक्त निर्णय लिइएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशन्दीप राइले दस्तखत सहित प्रकाशित यो सूचनामा जिल्ला बाहिरबाट सल्लेरी हुदैँ गाउँपालिका प्रवेश नेले चारघरे गाउँपालिका केन्द्र सडक खण्ड स्तरउन्नतिको कार्य भइरहेको र निरन्तर बर्षाका कारण उक्त सडक खण्डमा सवारी साधन आवतजावतमा समस्या सिर्जना भएको छ ।
सूचनामा उल्लेख गरिएअनुसारः बक्सेपुर चारघरे ६ न वडा कार्यालय चोक सडक खण्डमा सवारी साधनको पूर्णरूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ। बक्सेपुर लेखखर्क मैदेल ६ न वडा कार्यालय चोक सडक खण्डमा भने सावधानीपूर्वक मात्र सवारी प्रयोग गर्न भनिएको छ। यस निर्णयले सवारी दुर्घटना रोकथाम तथा स्थानीयवासीहरूको सुरक्षामा सकारात्मक प्रभाव पार्ने गाउँपालिकाको अपेक्षा छ । मर्मत सकिएपछि अझ सहज र सुरक्षित यात्रा सुनिश्चित हुने छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)





