जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिकाले जुडो प्रतियोगितामा स्वर्ण पदक विजेता खुम्बुका उदियमान खेलाडी पेम्बा दोर्जी शेर्पालाई पुरस्कृत गरेको छ ।हिमालय क्लब लुक्लाको ३५ औं वार्षिकोत्सबको अवसरमा लुक्लामा आयोजित सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको समापन कार्यक्रमबीच पुरस्कृत गरेको हो ।
३० हजार रुपैयाँ नगद सहिद सम्मान पत्रका साथ पुरस्कृत गरेको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी र खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले नगद सहित सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।पुरस्कार प्रदान गर्दै सांसद राजभण्डारीले आगामी खेलजीवनमा सफलता र प्रगतीको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राख्न शुभकामनाका साथ बधाई ज्ञापन गर्नुभयो ।
कोशी प्रदेश अन्तर्गत विराट कोशी जुडो सङ्घले आयोजना गरेको जुडो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी गाउँपालिकाको गरिमा बढाउनका साथै खेलको माध्यमबाट जिल्लाको नाम उच्च बनाउन सफल भएकोमा अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्दै बधाई दिनुभयो ।स्वर्ण पदक प्राप्त पेम्बा दोर्जेले शेर्पाले जिल्लालाई स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै खेललाई निरन्तरता दिने बताउनुभयो । विराटनगर सहिद रङ्गशालामा यही ज्येष्ठ २६ र २७ गते सञ्चालन भएको प्रदेश स्तरीय जुडो प्रतियोगितामा जिल्लाले ५ वटा गोल्ड मेडल प्राप्त गरेको थियो ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

