महाकुलुङमा किशोर–किशोरीलाई लक्षित एकदिने यौन तथा प्रजनन स्वास्थ्य शिबिर सम्पन्न
सोलुखुम्बु — महाकुलुङ गाउँपालिकाको साझेदारीमा इकोहिमाल नेपालद्वारा स्थानीय १० वटा विद्यालयमा अध्ययनरत किशोर–किशोरीहरूलाई लक्षित गरी एकदिने यौन तथा प्रजनन स्वास्थ्य शिबिर सम्पन्न गरिएको छ ।
महाकुलुङ गाउँपालिका र इकोहिमाल नेपालको संयुक्त आयोजनामा सगरमाथा माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्यबहादुर राई प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष राजनमान राई, विभिन्न वडा अध्यक्षहरूको समेत विशिष्ट उपस्थिति रहेको थियो । उक्त सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतनामूलक विविध कार्यक्रम सञ्चालन गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्देश्य किशोर–किशोरीहरूको क्षमता अभिवृद्धि गरी समाजमा फैलिरहेका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउनु रहेको योजना अधिकृत गोमा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार धूम्रपान, मद्यपान तथा यौनजन्य दुव्र्यवहारबाट व्यक्ति, परिवार र समाजमा पर्न सक्ने असर न्यूनीकरण गर्न शिबिरले सहयोग पु¥याउनेछ उहाँले भन्नुभयो ।
कार्यक्रम अन्तरगत वक्तृत्वकला प्रतियोगिता तथा सडक नाटक समेत प्रस्तुत गरिएको थियो। वक्तृत्वकला प्रतियोगितामा छात्रा वर्गतर्फ “किशोरी आराम कक्षको महत्त्व“ विषयमा जनसुधार आधारभूत विद्यालय देनाम प्रथम, बासुकी आधारभूत विद्यालय दोस्रो र सगरमाथा मावि तेस्रो स्थानमा रहेका थिए । छात्र वर्गतर्फ “विद्यालय बालक क्लबको भूमिका“ विषयमा बासुकी आधारभूत विद्यालय प्रथम, गुदेल मावि दोस्रो र जनसुधार आधारभूत विद्यालय तेस्रो भएका थिए ।
सडक नाटक प्रतियोगितामा सगरमाथा माविले “धूम्रपान मद्यपानले व्यत्ति र समाजमा पारेको असर“, छेस्काम माविले “यौनजन्य दुव्र्यवहार न्यूनीकरणमा स्थानीय सरकारको भूमिका“ तथा गुदेल माविले “सामाजिक सञ्जालको व्यक्ति, समाज र परिवारमा पारेको असर“ विषयमा नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको समापनमा सहभागी विद्यालयलाई अजन्ता डिक्सनेरी र शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा सहभागी विद्यालयहरूलाई अजन्ता डिक्सनेरी तथा शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो ।यस किसिमका स्वास्थ्य शिबिरहरूले किशोर–किशोरीहरूको चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। उक्त कार्याक्रम हिजो समापन भएको हो ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)





