माप्यमा निःशुल्क दन्त शिविर सम्पन्न
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा सञ्चालित निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । माप्य दुधकोशी गाउँपालिका र सोलुखुम्बु डेन्टल क्लिनिकको संयुत आयोजनामा सञ्चालित दुई दिने निःशुल्क दन्त शिविर आज सम्पन्न भएको हो ।
माप्य दुधकोशी गाउँपालिकाको प्राथमिक अस्पताल खास्तापमा वैशाख ६ र ७ गते दुई दिन सञ्चालन गरिएको दन्त शिविरमा ३४१ जनाले दाँत समस्या सम्बन्धी विभिन्न सेवा लिएको माप्य दुधकोशी गाउँपालिकाले जनाएको छ । जसमा १०५ जनाले दाँत निकाल्ने, ११३ जनाले दाँत भर्ने, १०९ जनाले दाँत सफा गर्ने, १४ जनाले मेडिकेसन सम्बन्धी सेवा लिएको सोलुखुम्बु डेन्टल क्लिनिकका सिडिएफ के बि घिमिरेले जानकारी दिनुभयो ।
डाक्टर अमन जैसवाल सहितको दक्ष अनुभवी तथा विशेषज्ञ दन्त चिकित्सक तथा दन्त स्वास्थ्यकर्मीको टोलीले दाँत सम्बन्धी सेवा प्रदान गरेको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले जानकारी दिनुभयो ।
स्थानीय स्तरमै दक्ष दन्त चिकित्सकको टोलीद्वारा नागरिकलाई सहज सुविधा प्रदान गर्ने उद्देश्यले सोलुखुम्बु डेन्टल क्लिनिकसँगको सहकार्यमा निःशुल्क दन्त शिविरको आयोजना गरी दाँत सम्बन्धी समस्या भएकाहरूलाई सेवा प्रदान गर्न पाउँदा खुसी लागेको गाउँपालिका उपाध्यक्ष गौरव राई बताउनुहुन्छ ।
गाउँपालिकाका नागरिकको सहज स्वास्थ्य सेवाका लागि आगामी दिनमा पनि विभिन्न सरोकारवाला संस्थाहरू सँगको सहकार्य तथा समन्वयमा अन्य विभिन्न कार्यक्रमहरू गरिने गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले गाउँमै सहज किसिमले सेवा प्रदान गरेको भन्दै सेवाग्राहीहरूले खुसी भएको प्रतिक्रिया दिएका छन् ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)





