सोताङ वडा २ मा वर्थिङ सहितको स्वास्थ्य चौकीको उद्घाटन
सोलुखुम्बु । सोताङ गाउँपालिका वडा नम्बर २ खोप खर्कमा नवनिर्मित आधारभूत स्वास्थ्य भवनको उद्घाटन गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बिच सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले उद्घाटन गर्नुभएको हो ।
वडाका नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा प्रदान गर्ने उद्देश्यले चेपेल फाउन्डेसनसँग समन्वय गरी अस्पताल निर्माण गरिएको सोताङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम कुमार खालिङले जानकारी दिनुभयो ।
वर्थिङ सहितको स्वास्थ्य चौकी निर्माणका लागि डिपिआर तयार, फर्निचर व्यवस्थापन प्राविधिक खर्च गरेर कुल एक करोड चालिस हजार नौ सय सन्ताउन्न रुपैयाँमा निर्माण सम्पन्न भएको चेपेल फाउन्डेसनका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो ।
९ कोठे भवन, शौचालय, हिल ट्याङ्की, बरन्डा, तार जाली र घेरा बार सहितको कम्पाउन्डमा फलामे गेट भएको आर सिसी पक्की भवनको निर्माण कार्य २०८१ पुस १० गते सम्पन्न भएको चेपेल फाउन्डेसनले जनाएको छ ।
खानेपानी व्यवस्थापनका लागि फिल्टर सहितको स्वच्छ खानेपानी व्यवस्थापनका लागि ६ लाख २३ हजार ६ सय ९ रुपैयाँ बजेट विनियोजन भैसकेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन पश्चात वडा नम्बर २ का स्थानीयमा खुसी छाउनका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा राखेका छन् ।
नवनिर्मित भवनबाट दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरूद्वारा सहज रूपमा स्वास्थ्य सेवा चाडै सञ्चालन गरिने वडा अध्यक्ष खालिङको भनाइ छ । २०८० साल फागुन १४ गते वर्थिङ सहितको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको थियो ।
यस्तै भवन निर्माण कार्यमा महत्त्वपूर्ण सहयोग र योगदान पुर्याएकोमा चेपेल फाउन्डेसनका अध्यक्ष कर्मा शेर्पालाई वडा कार्यालयले सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेको छ ।

ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)





