शनिबार, ९ श्रावण, २०८३ (1738001700)
मंगलबार माघ १५, २०८१

माप्यको ५ वटा वडामा राष्ट्रिय प्रशारण लाइन विस्तार

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको ५ वटा वडामा राष्ट्रिय प्रशारण लाइन विस्तार भएको छ । 
गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ मा माघ १३ गते राष्ट्रिय प्रसारण लाइन पुगेको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका उपाध्यक्ष शिशिर खालिङले जानकारी दिनुभयो । 
विगत लामो समय देखि लघु जलविद्युतमा निर्भर नागरिक हालै राष्ट्रिय प्रशारण लाइनको पहुँच विस्तार हुँदा खुसी भएको बताएका छन् । 
अब मिटर जडान गरि राष्ट्रिय प्रसारण लाइनको सेवा लिन सक्ने प्राधिकरणले जनाएको छ ।