कवि हरि कट्टेलको नवौँ कृति छन्दोबद्ध कविता सङ्ग्रह 'दीप्तदृष्टि' को लोकार्पण
सोलुखुम्बु । कवि हरि कट्टेलको नवौँ कृति छन्दोबद्ध कविता सङ्ग्रह' दीप्तदृष्टि' को एक भव्य समारोहका बीच विराटनगरमा लोकार्पण भएको छ । पानसमा दीप प्रज्वलन गरेर कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा उद्घाटन भएको उक्त कार्यक्रममा हरि कट्टेलकृत उक्त कृतिको लोकार्पण समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङ, विशिष्ट अतिथिहरू प्राज्ञ एन पि आचार्य, प्राज्ञ खेम नेपाली, साहित्यकार सरला चापागाईं ,बलराम पोखरेल महाकाव्यकार सोमराज अभय प्रा डा इतिहासविद् गणेश क्षेत्रीलगायतले गर्नुभएको थियो । कृतिमाथि प्रा डा रमेश घिमिरे एवम प्रा डा हरिहर भण्डारीले समीक्षा गरेका थिए । कृतिका बारेमा बोल्दै प्रा डा रमेश घिमिरेले दीप्तदृष्टि पढे पछि आफूले हरि कट्टेललाई शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रुपमा देखेको बताउनुभयो । वहाँले कृतिका बारेमा थप चर्चा गर्दै भने 'दीप्तदृषटि शील्पका दृष्टिले, रसका दृष्टिले ,कवित्व र विषयबस्तुका दृष्टिकोणले समेत कृति उदाहरणीय छ;दीप्तदृष्टिट कविताहरू हरेक दृष्टिले उत्कृष्ट देखिएका छन् । यो उनको निकै ठूलो छन्द साधनाको उपज हुनु पर्छ र यसले कट्टेललाई छन्दोबद्ध कविताका फाँटमा निकै उचाइमा पुर्याएको छ ।' वहाँले सङ्ग्रहका कविताले समय समाज र मानवीय प्रवृतिलाई राम्ररी प्रतिबिम्बित गरको पनि बताउनुभयो । अर्का विश्लेषक हरिहर भण्डारी ले छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र वहाँको दीप्तदृष्टि सङ्ग्रहलाई खोजेर पढ्नु पर्ने दिन आएको बताउनुभयो । समारोह संस्थाका अध्यक्ष कृष्ण भन्डारी मार्सेलीको अध्यक्षता भएको थियो । समारोहमा पोखरा इलाम झापा सुनसरी थनकुटा र मोरङका विशिष्ट साहित्यकार हरूको ब्यापक उपस्थिति थियो भने पोखराका साहित्यकार डा कालु सुवेदी इलामका देवी गौतम वरिष्ठ साहित्यकार बलराम पोखरेल वरिष्ठ सङ्गीतकार कुशेस्वर राई लगायतले विमोचित कृतिको सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, वालकवि प्रज्ञा कट्टेल लगायतको साङ्गितिक कविता गायनले कार्यक्रममा थप रौनक छाएको थियो । नेपाल स्रष्टा समाज काठमाण्डौँबाट प्रकाशित उक्त कृति नेपाल स्रष्टा समाज कोशी प्रदेशले एक समारोह गरी आज सार्वजनिक गरेको हो । २०४४ सालदेखि कविताकृति प्रकाशन गरेका कट्टेलको यो कृति नवौँ कृति हो । यसमा विभिन्न छन्दहरूमा कलात्मक ढङ्गले लेखिएका ५७ कविताहरू सङ्ग्रहित छन्
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा







