थेक्छेन पेमा छोलीङ गुम्बामा भगवान् शाक्य मुनी बुद्धको अस्तु धातु स्थापना
सोलुखुम्बु । सोलुखुम्बुको थेक्छेन पेमा छोलीङ गुम्बामा तथागत अर्हत सम्यक सम्बुद्ध भगवान् शाक्य मुनी बुद्धको अस्तु धातु स्थापना गरिएको छ । आज परम पावन साङसाङ टुल्कु रिन्पोछे र सेर्लो टुल्कु पेमा थार्चेन रिन्पोछेको उपस्थितिमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरी स्थित थेक्छेन पेमा छोलीङ गुम्बामा भगवान् शाक्यमुनि बुद्धको अस्तु धातु स्थापना गरिएको हो ।
दशमीको पुण्य तिथिमा नेपालमा बौद्ध महासङ्घ मार्फत सल्लेरी स्थित थेक्छेन पेमा छोलीङ गुम्बालाई प्राप्त भएको अस्तु धातु आज विशेष पूजापाठका साथ स्थापना गरिएको थेक्छेन पेमा छोलीङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष तेन्जी शेर्पाले जानकारी दिनुभयो ।
सोलुखुम्बुमा अस्तु धातुको स्थापना गर्नु महत्त्वपूर्ण एवं ऐतिहासिक कार्य रहेको साथै अस्तु धातुको स्थापना पश्चात् सम्पूर्ण प्राणीहरूलाई महापुण्य सञ्चय हुने जनाइएको छ । बुद्ध भगवानको अस्तु धातुले बुद्ध भगवान् स्वयंको काय, वाक र चित्तको प्रतिनिधित्व गर्ने जनाइएको छ । अस्तु धातुको दर्शन गर्नु भनेको प्रत्यक्ष बुद्ध भगवान् स्वयमको दर्शन गर्नु साथै अपार पुण्य सञ्चय हुने अध्यक्ष शेर्पाको भनाइ छ ।
आज परम पावन साङसाङ टुल्कु रिन्पोछे र सेर्लो टुल्कु पेमा थार्चेन रिन्पोछेले अस्तु धातुको पूजापाठ गरेपश्चात् अस्तु धातुको दर्शनका लागि अन्य दर्शनार्थीहरुलाई पूजा गर्न अनुमति प्रदान गरिएको थियो । अन्य समयमा भने गुम्बाको निर्णय अनुसार अस्तु धातुको दर्शनका लागि अनुमति दिइने समितिले जनाएको छ ।
आज थेक्छेन पेमा छोलीङ गुम्बामा अस्तु धातुको स्थापना पश्चात् अस्तु धातुको दर्शनका लागि हजारौँको सङ्ख्यामा दर्शनार्थीहरुको घुइँचो लागेको थियो । अस्तु धातुको स्थापना पश्चात् सल्लेरी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको वृद्धि हुने साथै अर्थतन्त्रको विकास र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने गुम्बा व्यवस्थापन समितिले विश्वास लिएको छ ।
२६०० वर्ष अगाडी पुण्यवान् मानिसहरूले तथागत संयक सम्बुद्ध भगवानको शरीरको प्रत्यक्ष दर्शन गर्न पाएको उल्लेख छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा


2026-07-23-11-54-04.jpeg)




